
५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अबको पार्टी नेकपा एमाले भएको बताएका छन् । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीले पार्टीभित्रको विवाद चलिरहेकै बेलामा पहिल्यै नेकपा एमाले दर्ता गरिसकेका छ । उसको पार्टी अब त्यहि हो’ उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ । त्यसैले नेकपा र सूर्य चिह्न हाम्रो हुन्छ। ओलीको हुने भनेको अब नेकपा एमाले र अस्ताउँदो चिह्न मात्रै हो ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई नेकपा र सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी समेत दिए । ओलीले प्रधानमन्त्री पदको लागि अझै धेरै असंवैधानिक कदम चाल्न सक्ने दाबी गरे ।`
प्रतिक्रिया दिनुहोस