समाचार

औषधी तथा सर्जिकल सामान चोरीमा सम्लग्न ४ जना पक्राउ

arrest

५ माघ, काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्यज्योति साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चारजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगरलगायत चारजना रहेका छन्।

उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान विभिन्न औषधी तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस