समाचार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

corona dead

५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस