अटो

नयाँ होण्डा सिटी नेपाली बजारमा

honda city

५ माघ, काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५औं जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । होण्डा सिटी पहिलोपटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशनभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इन्टिग्रेटेड लेड डिआरएल, एल आकार एल.इ.डी. टर्न इन्डिकेटर, जेड आकार थ्रिडी ¥याप एराउण्ड यूनिफर्म लेड साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।

यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा तपाईंले १८.४ कि.मि. प्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा तपाईंले १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा तपाईंले सहज पार्किङ्ग गर्न सक्नुहुनेछ । I-SRS युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो ।

य माघ ५ गते धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा VX CVT र ZX CVT लन्च गरिएको छ । नेपाली बजारमा होण्डा सिटी VX CVT को मूल्य रु. ६५ लाख ९० हजार र होण्डा सिटी ZX CVT को मूल्य रु. ६९ लाख ९० हजार तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *