अर्थनीति

१७ अंकले बढ्यो नेप्से, पूँजीकरण झन्डै साढे ३१ खर्ब

share market

५ माघ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (सोमबार) पनि बढेको छ । नेप्से परिसूचक सोमबार १७.३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अंकमा पुगेको हो । यो दिन १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ ।

बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा यो दिन १ सय १० कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनको मूल्य स्थिर रहेको छ । यो दिन १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छ । सबैभन्दा धेरै गिरावट समृद्धि फाइनान्सको ४.१४ प्रतिशतले भएको छ ।

बजार बढेसँगै बजार परिसूचक र पुँजीकरण समेत हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार कूल बजार पूँजीकरण २३ अर्बले बढेर ३१ खर्ब ४१ अर्ब पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस