समाचार

ज्येष्ठ नागरिक साक्षर कक्षालाई २० हजार डलरको युनेस्को पुरस्कार

sahayog

५ माघ, काठमाडौं । ज्येष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ नेपाल नामक संस्थाले युनेस्कोकाे ‘किङ सेजोङ साक्षरता पुरस्कार’ प्राप्त गरेको छ । विश्वका दुई देशका संस्थाले पाएको उक्त पुरस्कारमध्ये नेपालको एजिङ नेपालले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो ।

सन् २०२० का लागि प्रदान गरिएको उक्त पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)लाई ‘किङ सेजोङ युनेस्को पुरस्कार’ हस्तान्तरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठुलो राशीको पुस्कार पाउनु गौरबको विषय भएको बताए । पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टीमले गरेको अथक मेहेतनको कारण विश्व चर्चित पुरस्कार पाउन सफल भएको बताए ।

पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कार स्थापित भएको हो । पुरस्कार सन् १९८९ मा स्थापना भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस