समाचार

संसद् विघटन अग्रगामी कदम : गृहमन्त्री थापा

ram bahadur thapa badal

५ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । नेकपाद्वारा आज सल्लेरीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले संविधानमा भएको व्यवस्था अनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालिएको बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरुले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

नेकपाका केन्द्रीय सदस्य एंव जिल्ला अध्यक्ष मानबीर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *