समाचार

नागरिक एपको स-साना त्रुटिहरू सच्चाइँदै

nagrik apps beta

६ माघ, काठमाडौं । सरकारले ल्याएको नागरिक एपमा नागरिकतामा सम्बन्धी विवरणहरू मेल नखाएको भन्दै गृह मन्त्रालयले त्रुटी सच्याउन शुरू गरेको छ । नागरिक एपमा नागरिकताको विवरण मेल नखाएको गुनासो बढेसँगै मन्त्रालयले यसमा त्रुटि आउन नदिन काम शुरू गरेको मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले बताएका छन् ।

उपसचिव लामिछानेले मंगलवार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘हालै नेपाल सरकारबाट शुभारम्भ भई परीक्षणको चरणमा रहेको नागरिक एपमा नागरिकका नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाई भएको भन्ने जनगुनासो प्राप्त भएको सन्दर्भमा नागरिकतामा भएको सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

griha notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस