समाचार

एक्साइड ब्याट्रीका लागि पेपरलेस वारेन्टी

Exide Paperless

६ माघ, काठमाडौं । एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ग्राहकको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ ।

पेपरलेस वारेन्टीमार्फत एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुविधाका लागि अब वारेन्टी कार्ड खोजिरहनु पर्दैन । अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरि त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सकिनेछ ।

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीका अनुसार, ‘एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा हाम्रो ग्राहकहरुको ठूलो भूमिका रहेको छ । ग्राहकहरुको हामी प्रतिको उदारता र विश्वासले हामीलाई सधै हाम्रा ग्राहकहरुको हितमा काम गर्ने उर्जा र हौसला प्रदान गर्दछ ।

त्यही कार्यलाई निरन्तरता दिदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौं । धेरै ग्राहकहरुबाट वारेन्टीको दावी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन हामीले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौं । यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ ।’

पेपरलेस वारेन्टीअन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको क्यूआर कोड स्क्यान गरि रेजिस्टर गर्न सकिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस