
६ माघ, काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ४४१ जना निको भएर डिस्चार्ज भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या घटेर ३७६४ मा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चारजना संक्रमितको निधन भएको छ । हालसम्म संक्रमणबाट निधन हुनेको संख्या १९६९ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस