समाचार

राडी बजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर

radi bazar

६ माघ, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपपछि प्रहरीले बल प्रयोग गरको छ । राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । त्यो विवाद आज पनि जारी रहेपछि झडपको स्थिति आएको प्रहरीले जनाएको छ ।

झडपपछि प्रहरीले ९ राउन्ड हवाई फायर र अश्रु ग्याससमेत प्रहार गर्नुपरेको जनाएको छ । हिजो बेलुकीदेखि दुवै पक्षका कार्यकर्ताबीच विवाद भएको थियो । तर पछि विवाद समाधान गरिए पनि आज बिहानैबाट फेरि झडप भएपछि अवस्था तानावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

‘आपसी झगडा प्रहरीसम्म आइपुगेपछि प्रहरीले मिलाउन खोज्दा केही व्यक्तिले चौकीमै ढुंगामुढा गरेछन्,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ ।’ डिएसपी श्रेष्ठका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ । केही मानिसले प्रहरी चौकीमा ढुंगा हान्दा तीन जना प्रहरीको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस