समाचार

लहानमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Death Body

६ माघ, लहान । सिरहाको लहानमा आज दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गसँग टाँसिएको लक्ष्मण ललिता मावि स्कुल नजिकै रहेको सार्वजानिक पोखरीमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पोखरीमा माछा मार्न गएका स्थानीयवासी बिन्दु शहनीले पानीमा डुविरहेको अवस्था शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सर्माका अनुसार नाम नखुलेका अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने पुरुषको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शालिग्राम पौडेलले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *