समाचार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निषेधाज्ञा लागू

radi bazar

६ माघ, काठमाडौं । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकामा अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आज साँझ ५ बजेदेखि लागु हुने गरी नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

जिल्लाको आठबीसकोट नगरपालिका ९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) बमोजिम कफ्र्यू लगाइएको विज्ञप्तिमा जनाइएको छ । मंगलबार राडी बजारमा  नेकपा प्रचण्ड–माधव पक्ष र काँग्रेस कार्यकर्ताहरुबीच दोहोरो झडप भएको थियो ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस