विश्व/प्रवास

कोरोना महामारी : अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

america coronavirus

७ माघ, काठमाडौं । मंगलबार अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबार बेलुकासम्म अमेरिकामा ४,०१,५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । अमेरिकामा लगभग यति नै मानिस दोस्रो विश्वयुद्धको क्रममा मारिएका थिए जुन तीन वर्ष ९ महिनासम्म चलेको थियो  ।

जो बाइडेन प्रशासनमा सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनका हुन लागेका प्रमुख रोशेल वेलेनस्कीले फेब्रुअरीको मध्यसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाखसम्म पुग्न सक्ने अनुमान लगाएका छन् । संसारभरी कोरोनाका कारण हालसम्म २० लाख ५६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ ।

कोरोनाका कारण मृत्युको मामिला अमेरिकापछि ब्राजिल, भारत, मेक्सिकोलगायतका देशमा सर्वाधिक छ । जहाँ ब्राजिलमा हालसम्म कोरोनाका कारण २,११,४९१ मानिसको मृत्यु भएको छ भने भारतमा १,५२,५५६ मृत्यु, मेक्सिकोमा १,४२,८३२ र यूकेमा ९१,६४३ मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस