समाचार

४० हजार घुससहित मालपोत कार्यालय लगनखेलका नायब सुब्बा पक्राउ

Akhtiyar CIAA Nepal

७ माघ, काठमाडौं । ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि घुस मागेको उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई ४० हजार घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठद्वयलाई घुस रकम लिइसकेको अवस्थामा लगनखेल स्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *