मनोरञ्जन ताजा समाचार

रहेनन् लोक गायक तथा संकलक रत्न बानियाँ

ratna baniya

७ माघ, काठमाडौं । लोक गायक तथा संकलक रत्न बानियाँको निधन भएको छ ।

उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।

उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए । उनको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौ गीतले चर्चा पाएका छन् ।

बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस