७ माघ, काठमाडौं । नेवार समुदायका युवतीहरुको सहभागिता रहने सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । आयोजक नेप्लिज फेशन होमले प्रतियोगिता आगामी फागुन ७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको छ ।
अहिले आयोजना हुन लागेको मिस नेवाः नेपालको १५ औं संस्करण हो । यो संस्करणमा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुले विभिन्न विधामा तालिम र प्रशिक्षण पूर्व मिस नेवा नेपालहरू नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायतसँग लिइरहेको आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस