समाचार

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोलि काठमाडौं आइपुग्ने

heridyas tripathi

७ माघ, काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुदको खोप अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले बुधबार भारतीय राजदुत विनय मोहन क्वात्रासँग संयुक्त पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् ।

भारतले दिने कोरोनाविरुद्धको खोप विहिबार काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिएका छन् । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस