
७ माघ, विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समय बसेर स्थगित भएको छ । पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्ष र प्रचण्ड नेपाल पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो ।
त्यसैले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढे लगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिएका हुन् । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस