
७ माघ, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ ९ गते काठमाडौंमा गर्ने जनप्रदर्शन अघि आज काठमाडौंमा मोटरसाइकल र्याली निकालिएको छ ।
भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल र्याली थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको छ । माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल र्याली निकालेको हो ।
प्रतिक्रिया दिनुहोस