अर्थनीति

बुधबार पनि नेप्से परिसूचक १५ अंकले बढ्याे

stock market

७ माघ, काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) लगातार १० दिनदेखि बढिरहेको छ । बुधबार पनि नेप्से परिसूचक १५.८७ अंकले बढेर २ हजार ३ सय ४२ दशमलव ७७ बिन्दुमा पुगेको छ । यो दिन बजारमा १ करोड ५९ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब २१ करोडको शेयर कारोबार भएको थियो ।

यो दिनभर १ सय ७६ कम्पनीको २ सय ११ वटा स्क्रिपको सेयर कारोबार हुँदा १ सय ४ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज बजार बढे पनि ५ वटा उपसूचकको कारोबार घटेको छ । यद्यपि आज पनि १६ वटा कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

सबैभन्दा बढी मूल्य बेष्ट फाइनान्सको मूल्य ९.९४ प्रतिशतले बृद्धि भएको छ । बजारमा आज सबैभन्दा बढी मूल्य घट्ने कम्पनी विशाल बजारले ३.९५ प्रतिशत मात्रै मूल्य गुमाएको छ ।  समग्र बजार बढ्दा कूल बजार पुँजीकरण बढेर ३१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस