समाचार

काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला, आमा पक्राउ

newborn baby

७ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ । पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले शिशु फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस