
७ माघ, काठमाडौं । नेपालमा थप ३१८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार ५०१२ जनामा गरिएको परीक्षणमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस