
७ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै सजिलै अमेरिका पठाइदिने आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
ठगी गरेको अभियोगमा काठमाडौंको दरबारमार्गबाट पाँचखपन गाउँपालिका वडा नं ५ खमारे स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट पाँच वर्षको मल्टिपल भिसा लगाएर अमेरिका लैजाने आश्वासन दिएर उनले १५ लाख रुपैयाँ ठगी गरेकाे खुलेको छ ।
प्रतिक्रिया दिनुहोस