समाचार

सिरियाको २० फिट हिउँ र माइनस २० डिग्री चिसोमा नेपाली सेना

nepali sena

७ माघ, काठमाडौं । नेपाली सेनाको टोली मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मनमा पुगेका छन् । सिरिया र इजरायलबीच ४६ वर्षदेखि जारी विवादबीच त्यहाँ शान्ति स्थापनार्थ नेपाली सेना तैनाथ गरिएको छ । यसक्रममा सेनाका जवान २० फिटको हिउँ र माइनस २० डिग्रीको चिसो रहेको उक्त क्षेत्रमा पुगेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले सो क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ गरिएका हन् । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो संख्यामा द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल हुने गरेको नेपाली सेनाले जनाएको छ ।

झण्डै ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खटिने अधिकांश फौज मुस्ताङ जिल्लाको कैसाङ्गस्थित शिखर तालिम शिक्षालयबाट युद्धकलासम्बन्धि तालिम प्राप्त गरेपछि मात्रै त्यहाँ जाने अवसर पाउनेछन् ।  सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमका सवारी साधनहरु पिस्टनबुली स्किडो प्रयोग गर्ने गर्छन् ।

यसअघि नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त देशहरुमा देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणामस्वरुप सिरियास्थित युएनडीओएफ मिसनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा,अवकासप्राप्त रथी बालानन्द शर्मा, अवकासप्राप्त उपरथी शिवराम खरेल र हाल रथि इश्वर हमालले नेतृत्व गरिरहेका छन् ।

नेपाली सेनाको सबैभन्दा ठुलो उपस्थिति रहेको उक्त मिसनमा नेपाली सेनाका डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वका कारण विद्रोहीहरुबाट क्षति पुर्याइएका शान्ति सैनिकहरुको व्यारेक संरचना पुनर्निर्माण तथा सुरक्षाका लागि सेनाको इन्जिनियर टिम पनि सँगै कार्यरत छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस