
८ माघ, काठमाडौं । लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ ।
आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३ प्रतिशत मात्र दोश्रो चरणको परिक्षमा सहभागी भएका छन् ।
यसअघि, पहिलो चरणको परीक्षामा सहभागी भएका र उत्तीर्ण भएकामध्ये ९० प्रतिशत भन्दा बढी उम्मेदवार दोस्रो चरणको परीक्षामा सहभागी हुने गर्थे। तर यसपटक त्यस्तो नपाइएको आयोगका सूचना अधिकारी देवी सुवेदीले बताए ।
आयोगले करिब ३ सय संख्यामा नायब सुब्बा पदमा २०७६ फागुनमा पहिलो चरणको परिक्षा लिएको थियो । त्यसपछि कोभिड १९को महामारीका कारण परीक्षा स्थगित गरियो । दोस्रो चरणको परीक्षा २०७७ माघ २ गते सकियो ।
तर यो परीक्षामा पहिलो चरणको परीक्षमा सहभागी भई उत्तीर्ण भएकामध्ये ३३ प्रतिशत मात्र दोस्रो चरणको परीक्षामा सहभागी भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।