
८ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ बढेर तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस