समाचार

भूकम्पविद् भट्टराईलाई विद्यावारिधिको उपाधि

Achut Regmi

८ माघ, काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । बीस वर्षदेखि भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भट्टराईलाई जापानको टोकियो विश्वविद्यालयले मङ्गलबार विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

उनले विद्यावारिधिका क्रममा गोरखा भूकम्पपछि काठमाडौं उपत्यकाको भूकम्पीय जोखिम आकलन गरी आगामी भूकम्प जाँदा त्यसले भौतिक संरचनामा पार्नसक्ने क्षतिको बारेमा अध्ययन गरेका थिए। भट्टराईले सन् २०१६ मार्चमा विद्यावारिधिका लागि शोध अनुसन्धान शुरु गरेका थिए ।

विसं २०३१ मा अर्घाखाँचीको सुवर्णखाल गाविस–६ मन्द्रेमा जन्मेका भट्टराईले श्री ज्योति माध्यामिक विद्यालय ठाडा अर्घाखाँचीबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएस्सी र बिएस्सी तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएस्सी उत्तीर्ण गरेका थिए । उनले इन्टरनेशनल इन्स्टिच्युट अफ सिस्मोलोजी एण्ड अर्थक्वेक इञ्जिनीयरिङ जापानबाट पोष्ट ग्र्याजुएट र नेशनल ग्र्याजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिज टोकियोमा मास्टर अफ डिजास्टर म्यानेजमेन्ट अध्ययन गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस