
८ माघ, काठमाडौं । नेत्रविक्रम चन्द समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विक हतियारसहित पक्राउ परेका छन् । डीबी सिलवाल पनि भनिने उनलाई मोरङ प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको छ ।
बूढीगंगा गाउँपालिका–४ मा बुधबार उद्योगी–व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको गोप्य सूचनाका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
प्रहरीका अनुसार उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरिएको छ ।प्रहरी अनुसन्धानमा उनी २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोपी समेत रहेको खुलेको प्रहरी नायब उपरीक्षक राईले बताए ।
प्रतिक्रिया दिनुहोस