सूचना प्रविधि

सामसुङ फ्ल्यागशिप एस सिरिज नेपाल आउँदै, प्रि-बुकिङ २२ जनवरीबाट

samsung s21 price in nepal

८ माघ, काठमाडौं । विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस सिरिज नेपालमा ल्याउने भएको छ । कम्पनीले उक्त मोडलको प्रि-बुकिङ २२ जनवरी २०२१ देखि सुरु गर्ने पनि जनाएको छ ।

सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी एस२१ श्रृंखलाको अनावरण गरिसकेको छ जसले हालसम्म निर्माण भएका स्मार्टफोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो ।

विश्वभर प्रयोगकर्ताहरुले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन् । यो स्मार्टफोन उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसर सहित बनेको कम्पनीको दावी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस