बैँक / वित्त

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

Mega bank and NEA agreement

८ माघ, काठमाडौं । मेगा बैंकले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार, इन्जिनियर्स एसोसियशनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको मेगाले जनाएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस