बैँक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, १८.५ प्रतिशत लाभांश दिने

nibl agm

८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले ३४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज बिहिबार केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअलरुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारण सभाको अध्यक्षता गरिरहनु भएका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १८.५  प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

यस वर्ष बैंकले रु. ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १५२ अर्बबाट वृद्धि भई १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस