
८ माघ, काठमाडौं । भारत सरकारले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो ।
भ्याक्सिन भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । त्रिभुवन विमानस्थलमा क्वात्राले त्रिपाठीलाई भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।
भारतबाट निःशुल्क प्राप्त भएको भ्याक्सिन कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायतका लागि प्रयोग गरिने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए । उनले भ्याक्सिन अबको केही दिनमा प्रयोगमा ल्याइने बताए ।
प्रतिक्रिया दिनुहोस