समाचार

राष्ट्रवाद ‘ड्रामा’ हो ? : प्रधानमन्त्री ओली

KP Sharma Oli

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा कुनैपनि हालतमा देशभक्तिको भावना हट्न नहुने बताएका छन् । बिहीबार आफू निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशभक्ति मन र भावनाको हिसावले नभए त्यो नेपाली नै हुन नसक्ने बताए ।

‘नागरिकता वा प्रमाणपत्रमा त होला तर मन र भावनामा देशभक्ति छैन भने त्यो के नेपाली ?’प्रधानमन्त्री ओलीले प्रश्न गरे । ‘त्यसकारण हामी नेपाली हुनुपर्दछ, नेपाली भएर जिउनुपर्दछ । नेपालका लागि काम गर्नुपर्दछ । हामी विकाउ बस्तु होइन, काम गरेको मुल्य लिन्छौँ तर आत्मा बेच्दैनौ’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा प्रचण्ड माधव नेपालहरुलाई संकेत गर्दै भने, ‘नक्कली देशभक्त होइन ।

ओलीले थपे, ‘मैले अस्ति एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ भेटिएनछ । अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको ? भनेर के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छर ? ’ओलीको प्रश्न थियो । उनले राष्ट्रवादका नाममा केही मानिस बहकिएको भन्दै त्यसरी बहकिन आवश्यक नरहेको दावी गरे ।

‘यति साह्रो बहकिन आवश्यक छैन । वाहियातमा बहकिएर ? राष्ट्रवाद तमासा गर्ने कुरा हो ? राष्ट्रवाद ड्रामा हो ?’, प्रश्न गर्दै ओलीले राष्ट्रको हित र स्वभिमानको पक्षमा उभिने कुरा साँचो राष्ट्रवाद भएको बताए । उनले आफूले भारतीय टिभीलाई दिएको अन्तवार्ता एक नेताले नौटंकी भएको भनेर अभिव्यक्ति दिएको भन्दै आक्रोस पोखे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस