समाचार

नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus

८ माघ, काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३० जनामा गरिएको परीक्षणमा बिहीबार थप ३३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ । मन्त्रालयको अनुसार निको हुनेको दर ९७.९ प्रतिशत रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस