अर्थनीति

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्बमाथि

Nepal Stok exchange

८ माघ, काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले बढेको छ ।

नेप्से ३१.८७ अंकले बढेर २ हजार ३७४.६४ बिन्दुमा बन्द भएको छ । कारोबार रकमसमेत बुधबारको तुलनामा बढेको छ । आज ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकिङ र म्युचुअल फन्डबाहेकका सबै उपसूचक बढेका छन् । कुल बजार पुँजीकरण  ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस