
८ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ ।
त्यस्तै, यो अवधिमा देशभर थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस