समाचार

भारतले दिएको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

Corona Vaccine Handover

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।

भारतले जनवरी १९ का दिन नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज आज काठमाडौं पठाएको थियो । तिनै खोप आजै प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

“यस कठिन घडीमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु,” खोप बुझेपछि प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् भनेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस