८ माघ, काठमाडौं । काेराेना भाइरसविरुद्धकाे खाेप बनाइरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डियाकाे पुनामा रहेकाे प्लान्टमा आगलागी भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुना प्लान्टकाे टर्मिनल १ नम्बर गेटमा आगलागी भएकाे हाे ।
इन्स्टिच्युटमा लागेकाे आगाे निभाउन अहिले १० वटा दमकल त्यहाँ पुुगेकाे बीबीसीले जनाएकाे छ । इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनकाे चाैथाे र पाँचाैँ तलमा आगाे लागेकाे बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे काेराेना खाेप काेभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेकाे छ । सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित काेभ्याक्स स्किमकाे हिस्सा हाे ।
प्रतिक्रिया दिनुहोस