विश्व/प्रवास

कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु

karnatak road accident

९ माघ, काठमाडौं । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो ।

विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ ।

साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन् । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।

विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस