समाचार

रहेनन् गायक ध्रुब केसी

Dhruba kc

९ माघ, काठमाडौं । गायक ध्रुब केसीको निधन भएको छ । गायक केसीको उपचारका क्रममा बिहीवार साँझ अर्किड केयर सेन्टर भैँसेपाटीमा निधन भएको साहित्यकार तथा सर्जक प्रकाश सायमीले जानकारी दिए ।

७५ वर्षीय केसी पार्किन्सन रोगले ग्रसित बिगत दश बर्षदेखि पिडित रहेका थिए । लामो समय मुम्बईमा रहेका उनले त्यहाँको विज्ञापनहरुमा समेत अभिनय गरेका छन् ।

‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘नरोऊ नरोऊ सककाइली मै जाने बेलामा’, ‘ तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो’ लगायत एक समय थुप्रै चर्चित गीत दिएका केसीको बिहीबार साँझै अन्तेष्टि गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस