
९ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले २०० रुपैंयाले घटेको छ । अघिल्लो दिन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस