९ माघ, काठमाडौं । भारत्तोलनका पूर्व खेलाडी रुप कार्कीको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । बुटवलमा रहेका उनको हृदयघात भएपछि उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै उनको निधन भएको हो ।
अमेरकामा बस्दै आएका कार्की खेल प्रशिक्षणको शिलशिलामा तीन महिना अघि नेपाल आएका थिए । ५२ वर्षीय कार्की गत अक्टोबरमा आफूले प्राप्त गरेको शीप अनुभव लिदै मातृभूमिलाई योगदान गर्ने दृढ संकल्प सहित नेपाल गएका थिए ।
सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए । त्यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट भएका थिए ।
भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन् । नेपालमा भारत्तोलनको तालिम सचालन समेत गरेका थिए ।