समाचार

केपी ओली हिटलरको नेपाली संस्करणः माधव नेपाल

Madhav kumar nepal

९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरको नेपाली संस्करण भएको बताएका छन् ।

नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

‘केपी ओली हिटलरको नेपाली संस्करण हुन्,’ नेपालले नेकपाको आफू पक्षधरको शक्ति प्रदर्शनका क्रममा राजधानीमा बोल्दै भने,‘उनले संविधानमाथि कू गरेर देशलाई बर्बाद पार्न खोजेका छन् ।’ ओली तानाशाही भएको आरोप समेत लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस