समाचार

केपी ओलीलाई पार्टीबाटै निकालिसक्यौं : झलनाथ खनाल

jhalanath khanal

९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् ।

नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

नेता खनालले ओलीले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने बताए । ओली प्रतिगमनकारी भएको बताउँदै उनले ‘ओली कमरेड नरहेको’ बताए । उनले ओलीलाई कम्युनिस्ट आन्दोलनका भगौडासमेत भएको आरोप लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस