समाचार

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : महतो

rajendra mahat

९ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् ।

सप्तरीको राजविराजमा शुक्रवार प्रेस मञ्च नेपाल र प्रेस नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतोले लोकतन्त्रमा निर्वाचनबाट भाग्न नमिल्ने तर्क गरे ।

उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर पनि गरे । ‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुन:स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस