
९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।
केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र ‘प्रतिगामी’ कदमको संज्ञा दिँदै सत्तारुढ पार्टीकै एक पक्ष यतिबेला सडकमा रहेको छ ।
आज राजधानीमा आयोजित प्रदर्शनमा विभिन्न स्थानमा जुलुस निस्केर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस