समाचार

थप ३०२ जनामा कोरोना संक्रमण, सातको मृत्यु

coronavirus

९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।

आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ९८६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस