
९ माघ, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याउने भएको छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पठाउँदैछ ।
क्वालालम्पुरबाट शव लिएर वाइड बडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौं अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस