
९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतमा किर्ते काम भएको आरोप लगाएका छन् । हतार–हतार पुरानो मितिमा राजपत्र छापेर ल्याएर फेरि फाइलमा राखिएको भन्दै भट्टराईले किर्ते भएको आरोप लगाएका हुन् ।
शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै नेता भट्टराईले सरकारले संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठि गएको र अदालतमा प्रश्न उठेपछि चिठी गायब पारिएको समेत बताएका छन् । उनले अदालतमा प्रश्न उठेपछि सरकारले किर्ते गरेर पूरानो मितिमा सो सूचना राजपत्रमा छापिएको बताएका हुन् ।
उनले लेखेका छन्,’संबिधानको कुनैधारा उल्लेख नगरि बिघटनको चिट्ठी गयो,अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो,अर्को चिट्ठी ल्याएर फायलमाराखियो,अनिफेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,किर्ते काम ?’
संबिधानको कुनैधारा उल्लेखनगरि बिघटनको चिट्ठी गयो,अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायबगरियो,अर्को चिट्ठी ल्याएर फायलमाराखियो,अनिफेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ?हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,किर्ते काम ?
— Yogesh Bhattarai (@yogesbhattarai) January 22, 2021